NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बेपत्ता भएका जनमोर्चाका सांसद कोभिडवार्डको आईसीयूमा भेटिए

काठमाडौं । अविश्वास प्रस्तावमाथिको मतदानको तयारी चल्दै गर्दा हराएका गण्डकी प्रदेश जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार बिहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफलपछि मतदान गर्ने कार्यसूची रहेको थियो । तर, शाही बेपत्ता भएपछि आजको संसद बैठक नै स्थगित भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिँदै आफ्ना सांसदलाई सार्वजनिक नगरेसम्म संसद् बैठक रोक्न माग गरेकी थिइन् ।