NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भारतमा अहिलेसम्मकै उच्च संक्रमण : तीनलाख ७९ हजार थपिए, ३६ सयको मृत्यु

काठमाडौं । कोरोना कहरले सबैभन्दा बढी प्रभावित भारतमा बिहीबार एकैदिन पौन चार लाखको हाराहारीमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा तीन लानख ७९ हजार १६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा तीन हजार ६ सय ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो हालसम्मकै उच्च तथ्यांक हो । कोरोना भ्याक्सिन अभियान चलिरहेकै बेला पनि यति धेरैमा संक्रमण हुनुले भारतमा भयावह स्थिति अझै केही समय रहने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमित निको हुने दर पनि बृद्धि भएको छ । भ्याक्सिनेशनका कारण पछिल्लो केही दिनयता संक्रमितको निको हुने दर पनि बढेको हो । अहिलेसम्म संक्रमण निको हुने दर पनि बिहीबारको उच्च रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट दुई लाख ७० हजार जना निको भएका छन् । योसँगै हालसम्म भारतमा कोरोनाबाट रिकभर हुनेको संख्या एक करोड ५० लाख ७८ हजार पुगेको छ । यसअघि मंगलबार दुई लाख ६२ हजारले कोरोना जितेका थिए । समग्रमा कोरोनापछि रिकभर हुने दरमा १.८ प्रतिशतले बृद्धि भएको छ ।