NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सशस्त्र प्रहरीमा डीआईजीसहित १०५ उच्च पद रिक्त

सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो। ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ । सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई एआईजीको म्याद थप गरेको थियो । हाल रिक्त दुुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक ९सई० मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए । यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए । यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो । एसएसपीको आठ ओटा पदमा भने कायम मुकायमको रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ । अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको हो । जसअनुसार, प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी र सुधिरजंग थापा कामुु एसएसपी बन्नेछन् । कायममुकायममा बढुवा भएकाले अहिले नै पदअनुसारको दज्र्यानी चिन्ह र जिम्मेवारी बहन गर्ने भएपनि कन्फर्म गर्दा रोलक्रम भने तलमाथि पर्न जान सक्छ । हाल कामुुको जिम्मेवारीमा नरेहकाले पनि कन्फर्ममा पर्दा उनीहरुलाई उछिन्न भने सक्छ। राजधानी दैनिकमा खबर छ।