NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस प्रवक्ता शर्मालाई पनि कोभिड ‘पोजिटिभ’

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान आएको पीसीआर रिपोर्टमा आफूलाई कोरोना ‘पोजिटिभ’ देखिएको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । फेसबुकमा उनले भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी सानेपास्थित स्टार अस्पताल पुगेर स्वाब दिएँ, बिहानीपख रिपोर्ट आयो पोजेटिभ ।’ उनले टेकुका डा. अनुप बाँस्तोलाको निर्देशनअनुरूप औषधि सेवन सुरु गरेको समेत बताएका छन् । अहिले आफू डेरामै आइसोलेसनमा बसेको उनले जनाएका छन् । कोरोनाको लक्षणले च्यापेको तर मनोबल उच्च बनाएर बसेको उनको भनाइ छ । नेता शर्माले कोरोना संक्रमण जोखिमबाट जोगिन सबैलाई आग्रहसमेत गरेका छन् ।