NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोरोनाबाट थप १८७ जनाको मृत्यु

काठमाडौं । शुक्रबारको तुलनामा शनिबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युमा केही कमी देखिएको छ । शुक्रबार दुई सय ३ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १८७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ८ सय ५६ पुगेको छ ।