NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कास्की कांग्रेसद्वारा एम्बुलेन्स सञ्चालन

काठमाडौं । नेपाली कांग्रेस कास्कीले शनिबारदेखि कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । पोखराको चाउथेबाट शनिबार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक एवम् कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई फोर्स गाडी उपलब्ध गराएका छन् । उनले गाडीको साँचो कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरे । एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवम् क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ ।