जसपा विवाद : लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यद्वारा रिट निवेदन
काठमाडौं । सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यले आफूहरुलाई कारबाही गर्ने जनता समाजवादी पार्टी नेपाल (जसपा)को निर्णयविरुद्ध रिट निवेदन दायर गरेका छन् । जसपाका चार तत्कालीन प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरुलाई पार्टीबाट कारबाही गरी हटाएको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले निजहरुलाई पदबाट हटाएको थियो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको जनाउँदै जसपा (बाबुराम–उपेन्द्र) समूहले कारबाही गरी प्रदेशसभा सदस्यबाट तिनलाई पदमुक्त गराएका थिए । सो निर्णयविरुद्ध केही हप्ताअगाडि नै निवेदन लिएर आए पनि कोभिड संक्रमण जोखिमका कारण अत्यावश्यकबाहेक दर्ता र सुनुवाइ नगर्ने पूर्ण इजलासको निर्णयानुसार निवेदन दर्ता भएको थिएन ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया