एक महिनाको तलव कोरोना प्रकोप व्यवस्थापन कोषलाई दिने खानेपानी मन्त्री थापाको घोषणा
काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री मणि थापाले एक महिनाको तलव कोरोना महामारी नियन्त्रणको लागि दिने भएका छन् । थापाले एक महिनाको तलव प्रकोप व्यवस्थापन कोष प्युठान नगरपालिकालाई पठाउने भएका हुन् । थापाले एक महिनाको तलव महामारीविरुद्ध लगाउने जानकारी नगरपालिकाका मेयर अर्जुनप्रसाद कक्षपतिलाई गराएको जानकारी सामाजिक संजालमार्फत दिएका छन् । महामारीको समयमा आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि थापाले अपील गरेका छन् । ‘कोरोना माहामारीको यो समयमा हामी सबैले आफूले सकेको एक अर्कालाई मद्दत गरौं । मैले पनि आफ्नो महिनाको तलव प्रकोप व्यवस्थापन कोष प्युठान नगरपालिकामा पठाउने निर्णय गरी यसबारे प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई जानकारी गराएको छु ।’ थापाले फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया