NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अदालतबाट लुम्बिनी प्रदेशका चार सांसद पुनर्वहाली

काठमाडौं । जसपा केन्द्रको विवादकाबीच अध्यक्ष उपेन्द्र यादवले पदमुक्त गरेका जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको हो । अदालतले लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै चारैजना पुनर्वहाली भएका छन् । यसरी पुनर्वहाली सांसदमा सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डे छन् । उनीहरुलाई १७ वैशाखमा प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । उनीहरुलाई पदमुक्त नगर्न जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसहितका सांसदले मुद्दा दायर गरेका थिए ।