NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रदेश २ : मन्त्रीको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन समिति(पिसीसीएमसी)को मंगलबार बसेको बैठकले प्रदेशभित्र रहेका अक्सिजन प्लान्टबाट ग्यास अन्यत्र पठाउँदा प्रदेश २ मा अभाव भएकोले समस्या समाधान गर्न समिति गठन गरेको हो । समितिले प्रदेश २ भित्रका अक्सिजन प्लान्टबाट दैनिक रुपमा उत्पादन ग्यासको संख्या र वितरण प्रणालीको अनुमन गर्ने अधिकार पाएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरु पनि रहनेछ । अस्पताल अनुगमन गर्न समिति पिसीसीएमसीको बैठकले कोरोना संक्रमितहरुको उपचार गरिरहेको प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमन गर्न अर्को एक समिति गठन गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा‍. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन गरेको छ । समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्दै प्रदान गर्नुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने बताइएको छ । त्यससँगै नीजि अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था गर्न आइएमओ गर्न सरकारलाई सिफारिस गर्ने अधिकार दिइएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा पिसीसीएमसीको वैठक सम्पन्न भएको कानूनमन्त्री यादवले बताए ।