NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको छ । जिल्ला अस्पतालमा बुधबार जडान गरिएको प्लान्टबाट दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाले बताए । प्लान्ट सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कोभिडको दोस्रो लहरसंँगै अस्पताललाई आइसोलेशनका रुपमा परिणत गरिएको छ । कोभिड संक्रमितको उपचारका लागि ४० शय्या तयार पारिएको छ । अस्पतालमा अहिले करिब ३० कोभिड संक्रमित उपचारमा छन् ।