NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

स्थानीय तहको मतगणना सकिँदा खिमलाल अगाडि, प्रदेशको मतगणना हुँदै

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा एमादेका उम्मेदवार रामबहादुर थापा बादललाई संयुक्त विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ । केही बेरमा प्रदेशसभा सदस्यले गरेको मतदानको पनि मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।