NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माधव नेपाल समूहको निर्णय निर्लज्ज र अपराधपूर्ण

काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माधव नेपाल समूहको निर्णय निर्लज्ज र अपराधपूर्ण भएको बताएका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापा पराजित भएलगत्तै माधव नेपाल समूहको आलोचना गरेका हुन् । माधव नेपाल समूहले पार्टी उम्मेदार विरुद्ध मतदान गरेपछि राष्ट्रियसभाको उपनिर्वाचनमा केपी शर्मा ओली विरुद्ध बनेको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महासचिव पोखरेलले पार्टी उम्मेदवारलाई हराउन पार्टीभित्र देखा परेको प्रवृती अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको बताएका छन् । उनले यस खाले अराजक गतिविधीले नेकपा एमाले भित्र बनिरहेको एकताको वातावरण समेत धुमिल बनाएको टिप्पणी गरेका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा नेपाल समूहले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति , निर्णय र निर्देशन विपरित काम गरेको र यसबाट उनीहरुको मुकुण्डो पनि उदांगो भएको पोखरेलको टिप्पणी छ । उनले आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने काम भएको भन्दै भनेका छन्, आफ्नै उम्मेदवारलाई हराएर विपक्षीको गोटी बन्ने काम निर्लज्ज र अपराध हुन् । उनले नेपाल समूहले गरेका कामहरु कम्युनिष्ट आन्दोलन र संसदीय र लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय भएको समेत टिप्पणी गरेका छन् । उनले राष्ट्रियसभाको उपनिर्वाचनले एमाले विरोधी महागठबन्धनको चुनौतीको सामना एक्लै गर्न सक्षम छ भन्ने कुरा पुष्टि भएको बताएका छन् ।