NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हामीलाई पार्टीबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ, ओली गुटको फुटवादको निरन्तरता हो : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले आफूहरुलाई निष्कासित गरिनु हास्यास्पद् भएको बताएका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ जनालाई पार्टीबाट निष्कासन गरेको छ । उक्त निर्णयपछि प्रतिक्रिया दिँदै रावलले आफूहरुलाई निष्कासन गरियो भन्नु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘देश र पार्टीलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ ।’ साथै उनले यो कदमलाई केपी ओली गुटको फुटवादको निरन्तरता भएको पनि बनाएका छन् । ‘विधान मिच्दै मनपरी निष्कासित गरिनु केपी ओली गुटको फुटवादकै निरन्तरता हो’ उनले भनेका छन् । यस्तै नेता वालले संविधान उल्लंघन गर्दै देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका कार्यहरु राष्ट्रघाती भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।’ यो पनि पढ्नुहोस् यी हुन् एमालेबाट निष्काशित निवर्तमान सांसदहरु

ताजा अपडेट

नेपालवाच विशेष