महाकाली अस्पतालमा आइसियु अभाव
काठमाडौं । सुदूरपश्चिम प्रदेशस्तरीय महाकाली अस्पतालमा आइसियु अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको संख्या बढेसँगै आइसियु अभाव हुन थालेको हो । हाल महाकाली अस्पतालमा ६ वटा आइसियु छन् । तर, अस्पतालमा भएका सबै जसो आइसियु संक्रमितको उपचारमा भरिएका छन् । अस्पताल प्रशासनका अनुसार बिरामीको चाप निरन्तर बढिरहेकाले आइसियुको संख्या थप गर्नुपर्ने देखिएको छ । अस्पतालमा आइसियुसँगै ९२ बेडहरु रहेका छन् । तर, संक्रमण निरन्तर बढिरहँदा अस्पतालमा सबै जसो वेड भरिएको अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले बताए । उनका अनुसार गम्भीर कोरोना संक्रमितको संख्या पनि बढिरहेकाले थप आइसियुको माग भएको छ । ‘अहिले छ शय्या छन्, ती सबै भरिएका छन् । गम्भीर अवस्थाका बिरामीलाई आइसियु भर्ना नगरी नहुने बाध्यता छ’, उनले भने, ‘डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ ।’ जोशीका अनुसार अस्पतालमा तत्काल आइसियु थप्नुपर्ने देखिएको छ । ‘अस्पतालमा बिरामीको संख्या निरन्तर बढिरहँदा २५ वटा आइसियु थपेपनि अपुग हुने देखिएको छ, तत्काललाई १५ शय्या थप्नुपर्ने छ’, उनले भने । मन्त्रालयलाई अस्पतालमा आइसियु थप्नको लागि आग्रह गर्दा अस्पतालले हालसम्म आश्वासन मात्रै पाएको छ ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया