NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोभिड–१९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहायता

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था शारदा ग्रुपले विभिन्न माध्यमबाट सहायताका कार्यक्रमहरु सञ्चालन गरेको छ । शारदा ग्रुप अन्तर्गत रहेका कम्पनीमार्फत विभिन्न क्षेत्रमा सहायताका कार्यक्रमहरु सञ्चालन गरेको हो । कम्पनीले दुहबी नगरपालिका दुहबी नगरपालिका अन्र्तगत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियु भएको कोभिड अस्पताल सञ्चालनका लागि निःशुल्क अक्सिजन र निशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको छ । सँगै उपचाररत बिरामीहरुका लागि प्याकेट खाना र कुरुवालाईसमेत निःशुल्क भोजनको व्यवस्था गरेको छ । त्यस्तै, काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्तर्गत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराएको छ । लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी ग्रुपले लिएको छ । शारदा ग्रुपकै लगानी समेत रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आइसियु र आइसोलेसन सहितको कोभिड सेक्टरका लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको छ ।