NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कृषि र साना तथा मझौला उद्योगलाई अबको बजेटले सम्बोधन गर्नुपर्छ : चन्द्र ढकाल [भिडियाे]

काठमाडाैं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले कोभिड महामारीबाट नागरिकलाई बचाउनका लागि खोप र स्वास्स्थ्य पूर्वाधारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । महामारीबाट नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने गरी व्यवसायीक क्षेत्रलाई प्राथमिकता दिने कार्यक्रमहरु बजेटमा समावेश गरिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘पहिलो सम्बोधन त नागरिकको जीवन रक्षा नै हो । त्यसपछि कोरोनाबाट तहसनहस भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने र व्यवसायीक क्षेत्रलाई प्राथमिकता दिने किसिमको कार्यक्रमसहित बजेट आउनुपर्छ ।’ उनले कोरोनाले बन्द भएका साना तथा मझौला व्यवसायलाई पनि प्राथमिकता दिनुपर्ने पनि माग राखे । ७० प्रतिशत राजश्वमा योगदान पुर्याउने नीजि क्षेत्रलाई पुरानै लयमा फर्काउन बजेटमा विशेष व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । https://www.youtube.com/watch?v=za22lrv2V2I