NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोरोना अपडेट : १६९ जनाको मृत्यु, ८ हजार ६३६ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एकसय ६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा उपचाररत कोरोना संक्रमितका बिरामीमध्ये १६९ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।