NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गणतन्त्रले पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र गणतन्त्रवादी हुने शिक्षा दियाे : गोकुल बास्कोटा

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले नेपाली गणतन्त्रले राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र गणतन्त्रवादी हुने शिक्षा दिएको बताएका छन् । एमाले भएन भन्नेहरुले अर्को पार्टी खोल्छु भन्दै संसद् पुनस्थापनाका माग गर्नुमा कुनै तालमेल नै नभएको पनि उनले बताएका छन् । ‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र ?तिनिहरु कुन दलका सांसदका रुपमा रहलान? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।’ बास्काेटाले सामाजिक संजालमा लेखेका छन् ।