निको भए पूर्वडिआइजी खरेल, रिर्पोट नेगेटिभ - Nepal Watch Nepal Watch

गुड न्युज

जेष्ठ १७, २०७८ सोमबार


निको भए पूर्वडिआइजी खरेल, रिर्पोट नेगेटिभ


काठमाडौ। नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल कोरोना संक्रमणबाट निको भएका छन् ।

कोभिड संक्रमण भएका उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनी तीन सातासम्म अस्पतालमा बसेर उपचार गराएका थिए । सोमबार पुर्ण निको भएपनि उनी घर फर्केका हुन् ।

नेपाल प्रहरी अस्पतालले खरेललाई डिस्चार्ज गरेको जनाएको छ ।

ल्याब परिक्षणमा खरेलको कोरोना नेगेटिभ आएको छ । यसअघि अक्सिजन सर्पोटमा राखिएको उनलाई अक्सिजन आवश्यक नपर्ने अस्पतालले जनाएको छ ।

जटिल प्रकारको संक्रमणको सामना गरेका कारण शरिर भने सिथिल बनाएको छ । यसअघि खरेलको भेन्टिलेटरको सहायतामा हाई फ्लो अक्सिजन दिएर उपचार गरिएको थियो।

उनलाई दुई सातासम्म भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो। उनको फोक्सोमा निमोनिया देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्