बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु - Nepal Watch Nepal Watch

प्रतिकार्यात्मक तस्बिर

कभर न्यूज

जेष्ठ १८, २०७८ मंगलबार


बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्