NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

साउदीमा रहेको नेपाली दूतावासले राहदानी सम्बन्धी सेवा खुला गर्दै

काठमाडौं । साउदीको रियादस्थीत नेपाली दूतावासले आउँदो आइतबारदेखि राहदानी सम्बन्धी सेवा खुला गर्ने भएको छ । आफ्ना कर्मचारीमा कोरोना संक्रमण भएपछि केही समयदेखि बन्द रहेको राहदानी सम्बन्धी सेवा मे ३० अर्थात आउँदो आइतबारदेखि खुला गर्ने दूतावासले जनाएको छ । कोरोना संक्रमित कर्मचारीहरू अझै आइसोलेसनमा रहेको र एकजना कर्मचारी कोरोना संक्रमणबाट मुक्त भएकोले राहदानी सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । ‘दूतावासको कन्सुलर र राहदानी सेवा क्रमशः खुलाउने निर्णय भए बमोजिम आगामी आइतबार ३० मे २०२१ देखि स्वास्थ्यसम्बन्धी विशेष सावधानी अपनाउँदै सिमित कर्मचारी खटाई राहदानी सेवा खुल्ला गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, – दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ । राहदानी सेवा बाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान हुने अन्य सेवाहरू भने अर्को सूचना नभएसम्मको लागि स्थगित नै रहने दुतावासले जनाएको छ ।