NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बाजुरामा २१ जेठसम्मका लागि निषेधाज्ञाको अवधि थप

बाजुरा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा सङ्क्रमितको सङ्ख्या ४ सय ६२ पुगेको छ । रासस