NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

संवैधानिक इजलासमा टाइम कार्ड, एउटा रिटमा १० मिनेट बहस गर्न पाइने

काठमाडौं । संवैधानिक इजलासमा टाइम कार्ड लागू भएको छ । आज ३० वटा रिटको सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन् । बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका छन् । संवैधानिक इजलासले एउटा रिटमा बहस गर्न वकिलहरूलाई १० मिनेट समय दिएको छ । कुनै रिटमा बहस गर्दा एकै वकिलले पनि १० मिनेट बहस गर्न सक्छन् वा दुई/तीन वकिलले पनि जम्मा १० मिनेट गर्न पाउँछन् । आज सुरूमा संवैधानिक इजलासमा दर्ता भएका ११ रिटको सुनुवाइ हुँदैछ । यसअघि बिहीबार प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा दर्ता नभएका बाँकी १९ मुद्दालाई पनि संवैधानिक इजलासमा पठाएका थिए ।