सुदूरपश्चिमका ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए । यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको उनले बताए । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णयविपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेर केन्द्रिय कमिटीलाई पठाइसकेको छ ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया