NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सरकारी कर्मचारीलाई आन्तरिक भ्रमणका लागि खर्चसहित १० दिन बिदा

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले सरकारी कर्मचारीलाई वर्षमा १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि यो कार्यक्रम घोषणा गरिएको थियो । तर, कोरोना प्रभावका कारण यो कार्यक्रम प्रभावकारी हुन सकेकाे थिएन । यस वर्ष भने सरकारले आन्तरिक भ्रमणका लागि सरकारी कर्मचारीलाई प्रोत्साहन दिन भ्रमण बिदासहित भ्रमण खर्चको पनि उपलब्ध गराउने भएको हाे ।