NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यी हुन् ओली सरकारमा मन्त्री बन्न लागेका जसपा नेताहरू ! [सूचीसहित]

काठमाडौं । एमालेमा विवाद भए पछि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने सरकारमा जाँदै प्रधानमन्त्री केपी अ‍ोलीलाई साथ तयारीमा पुगेको छ । सरकारमा सहभागी हुनका लागि जसपाका नेताहरु प्रधानमन्त्री केपी ओलीसँग निरन्तर संवादमा छन् । अदालतले सांसद नरहेका नेताहरुलाई मन्त्री बन्ने बाटो छेकेपछि सात मन्त्रालय खाली छन् । यसै खाली स्थानमा जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ । आइतबार पनि ठाकुर महतो सरकारमा सहभागी हुनेबारेको छलफलमा निम्ति बालुवाटार पुगेका थिए । मन्त्री नेताहरुको टुंगो लागेपछि एक दुई दिनभित्रैमा जसपा सरकारमा सहभागी हुँदैछ । फुटतर्फ अघि बढेको ठाकुर पक्षले ८ मन्त्री र दुई राज्यमन्त्री मागेको छ । उपेन्द्र यादव पक्षका सांसदलाई आफूतिर राखिराख्न पनि ८ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने माग उनीहरुको छ । यसमा प्रधानमन्त्री केपी अ‍ोली पनि सकारात्मक रहेको बताइएको छ । काे बन्दैछन् मन्त्री ? ठाकुर पक्षबाट नेता महताले गृहसहित सरकारमा जाने तयारी गरेका छन् । महतोबाहेक मन्त्रीका लागि शरतसिंह भण्डारी, वृषेशचन्द्र लाल, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, चन्दा चौधरी चर्चामा छन् । यमध्ये श्रीवास्तव र अगरिया उपेन्द्र पक्षबाट आएका हुन् । यी नाममा १ वा २ भन्दा अरू हेरफेर नहुने तयारी जसपाले गरेकाे छ ।