NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

६ मन्त्रीलाई पार्टीबाट निष्कासन गर्न एमाले केन्द्रलाई सुदुरपश्चिम प्रदेशले किन गर्याे सिफारिस ?

काठमाडौं । पार्टीको निर्णय विपरीत सरकारमा गएको भन्दै एमालेको सुदुपश्चिम कमिटीले ६ जना मन्त्रीलाई कारवाही सिफारिस गरेको छ । यस्तै प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई पनि कारवाहीको सिफारिसमा परेका छन् । प्रदेश एमालेले कारवाही गर्नका लागि एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न सिफारिस गरिएका नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का छन् । त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्नका लागि सिफारिस गरिएको प्रदेश कमिटीले जनाएको छ । एमालेको स्थायी कमिटी बैठकले गत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । साथै, सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । तर, माधव नेपाल पक्षको सांसद धेरै रहेको प्रदेशमा प्रदेश संसदीय दल बैठकले सरकारलाई समर्थन निरन्तर कायमै राख्ने निर्णय गर्यो । एमालेले सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा गराएर ७ जना मन्त्री थपेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष