NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सर्वोच्चमा न्यायाधीशबीच नै विवाद भएपछि १३ न्यायाधीशको बैठक बस्दै

काठमाडौं । संवैधानिक इजलासमा रहेका तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट बाहिरिनुपर्ने गरी निवेदकबाट प्रश्न उठेपछि विवाद देखिएको छ । इजासलामा हुने पाँच मध्ये केसी र श्रेष्ठलाई इजलासबाट बाहिरिन संसद विघटनविरुद्ध रिट हालेका पक्षले दबाब दिएका थिए । तर, उनीहरु दुवैले इजलास नछोड्ने अडान लिएपछि विवाद देखिएको हो । संवैधानिक इजलासमा रहेकामध्ये प्रधानन्यायाधीश राणाबाहेकका दुई न्यायाधीश दिपककुमार कार्की र आनन्द मोहन श्रेष्ठ पनि प्रश्न उठिसकेपछि दुवै न्यायाधीश बाहिरिनु उपयुक्त भएको सुझाव पाँच सदस्यीय बैठकमा दिएका थिए । तर, प्रधानन्यायाधीश राणाले छोड्ने वा बस्ने भन्ने निर्णयको जिम्मा न्यायाधीद्वलाई दिनुपर्ने बताएका थिए । इजलासमा हुने पाँच सदस्यबीच कुरा नमिलेपछि संवैधानिक इजलासको रोटस्टरका निम्ति तोकिएका १३ जना न्यायाधीशबीच अब छलफल हुने भएको छ । यसको लागि १३ न्यायाधीशको बैठक बोलाइएको छ । केसी र श्रेष्ठले आफूहरु कुनै हालतमा इजलासबाट नबाहिरिने निर्णय लिएपछि थप छलफल गर्न १३ जना न्यायाधीशको बैठक बस्न लागेको हो । यी दुई मध्ये एकजनाले नेकपा फुटाउने फैसला दिएका थिए । अर्काले संसद विघटनको मुद्दामा आफ्नो मत दिइसकको भन्दै संसद विघटनको मुद्दामा यी दुई इजलासबाट बाहिरिनुपर्ने माग रिट निवेदकहरुले गरेका हुन् ।