NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

राष्ट्रियसभा उपनिर्वाचनमा पाण्डेय विजयी

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन् । उनि नेपाली कांग्रेसका उम्मेदवार हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ मत पाए । एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले भने प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत मात्रै पाएर पराजित भएका हुन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको बताइएको छ । पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पनि समर्थन पाएका हुन् ।