NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।