NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध नेपालले गरेका दुई गोल [भिडियोसहित]

विश्वकप छनोटकाे खेलमा नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको स्पष्ट जित निकालेको छ । यस अघिको खेलमा पनि २–० जित नेपालले ताइपेइविरुद्ध निकालेको थियो । कुवेतमा बिहीबार राति भएको खेलमा नेपालले २–० पुन विजयी हुँदा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे । विष्टले चौथो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यस अघि २०१९ मा भएको खेलमा पनि विष्टले नै ताइपेइविरुद्ध दुवै गोल गरेका थिए । ८१ औं मिनेटमा सब्टिच्युट खेलाडी नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । नेपालले विश्वकप छनोटमा समूह बीबाट ६ खेलमा ६ नै अंक जोडेको छ । नेपालले अब २४ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग खेल्दैछ । यी दुवै टिम नेपालभन्दा धेरै नै बलिया छन् । नेपालले गरेका २ गाेलकाे भिडियाे https://www.youtube.com/watch?v=6R-wSU4n_3M भिडियाे स्राेत कान्तिपुर टिभी