NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रदेश १ मा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता, अब के होला ?

काठमाडौं । माओवादीले प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री शेरधन राईको गतिविधिसँग असन्तुष्ट रहँदै आएको माओवादीले बजेट अधिवेशन अघि समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराइसकेका छन् । संसदमा माओवादीका १५ जना सांसद छन् । माओवादीले समर्थन फिर्ता लिए पनि राईलाई बहुमतमा नै हुनेछन् । ९३ सांसद रहेको प्रदेश १ मा नेकपा एक हुँदा ६७ सांसद थिए ।एमालेका माधव नेपाल पक्षले पनि सहमति नदिए मात्रै राईलाई समस्या पर्न सक्छ ।