NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जनमोर्चाका सांसद थापालाई फेरि कारबाही, पार्टी सदस्यबाटै निष्काशन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि कारबाहीमा परेका छन् । यसअघि सर्वोच्चबाट सांसद पदमा पुनर्वहाली भए पनि बिहीबार भएको विश्वासको मतदानमा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो । प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ । यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गए । अदालतले उनकाे पद पुनर्वहाली गरेकाे थियाे ।