NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीको हत्याको चेतावनी दिने आफ्नै सांसदप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको हत्या गर्न कोही नाथुराम गोड्से अघि सर्नुपर्ने भन्दै आफ्नै पार्टीका सांसदको विवादित अभिव्यक्ति दिएपछि कांग्रेसले आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सडकमा पनि राख्नुपर्ने संयमता संसदमा गुमाउन नपाइने भन्दै कारवाहीको चेतावनी दिएका छन् । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नमिल्ने भन्दै उनले शब्द फिर्ता लिएर आत्माआलोचना गर्न लगाउने बताएका छन् ।तर्क गरेर आपत्तिजनक शब्द छोप्ने कांग्रेसको परम्परा नभएको उनको भनाई छ । ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न ! शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ ! तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन !’ सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 11, 2021