NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीको हत्या चेतावनी दिने वैद्यलाई ज्यान मुद्दा लगाउन एमाले नेता पोखरेलको माग

काठमाडौं । एमाले नेता आनन्द पोखरेलले संसदमा नै प्रधानमन्त्रीको हत्या गर्ने चेतावनी दिने नरोत्तम वैद्यलाई निलम्बन गरी मुद्दा चलाउन माग गरेका छन् । प्रधानमन्त्रीको हत्या गर्ने चेतावनी दिने वैद्यलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा लगाउन माग गरेका हुन् ।प्रधानमन्त्रीविरुद्ध गम्भीर षडयन्त्र लुकेको भन्दै उनले शक्तिशाली आयोग बनाइ छानविन गर्न माग गरेका छन् । ‘हिजो मिति २०७८ र २ र २८ गतेका दिन काठमाण्डू प्रदेश ने ४ क बाँट निर्बाचित नेपाली काँग्रसका प्रदेश सभा सदस्य नरोत्तम बैधले बागमति प्रदेश सभाको बैठकको रोष्टमा ऊभिएर माहात्म गान्धिलाई नथुराम गोड्सले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बोलेका छन ।प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्री लाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरि तत्कालै पक्राऊ गरि ज्यानमार्ने ऊधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु’ पोखरेलले भनेका छन्, ‘यो बिषय सामान्य होईन ब्यकतिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाऊन एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माँगा गर्दै छु । हत्या जस्तो गम्भिर अपराधको वकालत गर्नेसबैलाई कानूनको दायरामा ल्याऊन अनुरोध पनि गर्दछु ।’

ताजा अपडेट

नेपालवाच विशेष