NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । १४ औं महाधिवेशन गर्ने समय घर्किएपछि छलफल गर्नका लागि कांग्रेसले ३ असारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि महाधिवेशनसम्बन्धी छलफल गर्नका लागि ३ असारमा केन्द्रीय कार्यालयमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५ असारदेखि वडा तहको अधिवेशन हुनुपर्ने कांग्रेसमा अहिलेसम्म आधा मात्रै क्रियाशील सदस्यताको विषय टुंगिएको छ । यसैले सदस्यताको विषय र कार्यतालिका हेरफेरसहितका विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।