कोरोना अपडेट : ५१५३ संक्रमित थपिए, १०८ जनाको मृत्यु - Nepal Watch Nepal Watch

कोरोना बिशेष

जेष्ठ २५, २०७८ मंगलबार


कोरोना अपडेट : ५१५३ संक्रमित थपिए, १०८ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा पाँच हजार एकसय ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५ सय ७० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

हाल ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ । संक्रमितको मृत्युदर घटेर ६८ सम्म पुगेपछि एक सातायता क्रमशः बढ्दै गएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्