NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पहिरोले सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरूद्ध छ। बिहान करिब ६ः३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा पहिरो खसेको थियो । अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको हो । पहिलोले पूर्ण रूपमा सडक अवरूद्ध भएको छ । सडक विभागलगायतमा खबर गरेर पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।