NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

उपत्यकामा खानेपाली वितरणः २ देखि १२ दिन बिराएर एकपटक आउने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका धारामा अब खानेपानी नियमित नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर–घरमा खानेपानी आउने जानकारी दिएको छ । सोमबार लिमिटेडले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । लिमिटेडका अनुसार सबैभन्दा कम काठमाडौंको कीर्तिपुर क्षेत्रमा दुई दिन बिराएर खानेपानी आउने भएको छ । यस्तै, सबैभन्दा धेरै अन्तरालमा ललितपुर क्षेत्रमा १२ दिनको अन्तरालमा खानेपानी आउनेछ । असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि पानी अभावले गर्दा ठाउँ हेरेर २ देखि १२ दिनको अन्तरमा एकपटक पानी आउने गरी तालिका प्रकाशित गरिएको छ। गत चैत १५ गतेदेखि काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण गरिएको थियो । असार १ देखि दुई महिना मेलम्चीको पानी सुरूङ परीक्षण गर्न बन्द गर्न लागिएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने गरिएको थियो। उक्त पानी रोकिएपछि उपत्यकाभित्र पानीको समस्या हुने देखिएको छ। यस्तो छ खानेपानी वितरणको तालिका