NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जनमोर्चाका सांसद कृष्ण थापा सर्वोच्चबाट पनि पदमुक्त, कारबाहीकाे निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्काशनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो । उनी पार्टीबाट दाेस्राेपटक निष्काशनमा परेका हुन् । यसअघि पार्टीकाे विधानविपरित सरकारकाे समर्थन गरेकाे भन्दै जनमाेर्चाले निष्काशन गरेकाे थियाे । तर, उनी त्यस निर्णयविरूद्द सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्चले थापामाथि भएकाे कारबाही बदर गरेकाे थियाे । तर, दाेस्राेपटक पनि पार्टीकाे निर्देशनविपरित गएकाे भन्दै थापा पार्टीबाट निष्काशित भएका थिए । उनी फेरि पार्टीकाे निर्णय अवैधानिक भएकाे भन्दै सर्वाेच्च पुगे । तर, अहिले सर्वाेच्चले पार्टीकाे निष्काशन गर्ने निर्णय नै सदर गरेकाे हाे ।