NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

बिहीबार रातिसम्मको मौसम पूर्वानुमान, भारी वर्षाले बाढीपहिरोको जोखिम

आगामी बिहीबारसम्मको मौसम प्रतिकूल हुने भएको छ। देशभर मनसुनी वायुका कारण पानी परिरहेकाले विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम पनि बढेको छ। विशेषगरी नदी छेउका वस्तीमा बाढी र पहाडी भुभागमा पहिरोका घटना हुनसक्ने भएकाले सचेत रहने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा देशका धेरै स्थानमा पानी पर्नेछ। त्यसमा पनि प्रदेश ।२, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी पानी पर्ने देखिन्छ। मंगलबार बिहान गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा पानी परेको छ। प्रदेश २ का केही स्थानमा भारी वर्षा भइरहेको छ। दिउँसो प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको आँकलन गरिएको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी पानी पर्ने देखिन्छ। बिहीबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी तथा राति प्रदेश १ र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनेछ। बाँकी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ।