NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्वकप छनोटपछि कोपामा मेसीको अर्जेन्टिनालाई फेरि चिली तगारो

काठमाडौं । केही दिन अघि विश्वकप छनोटमा चिलीसँग रोकिएको अर्जेन्टिना कोपा अमेरिकमा पनि फेरि रोकिएको छ । नेपाली समय अनुसार आज बिहान सकिएको ग्रुप बीको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो । पहिलो हाफको ३३ औं मिनेटमा कप्तान लियोनेल मेसीले फ्रिकमा सानदार गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर ५७ मिनेटमा चिलीले बराबरी गोल फर्कायो । भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनी गोलकिपरले रोके । तर, भर्गासले रिबाउन्ड बललाई जाली चुमाउँदै बराबरी गोल फर्काए । त्यसपछि अर्जेन्टिनाले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।समूह बीको पहिलो खेलमा नै अर्जेन्टिनाले बराबरी खेलेपछि दबाबमा परेको छ । आजै बिहान सकिएको अर्को खेलमा पाराग्वेले बाेलिभियालाई ३–१ गोलले पराजित गरी तीन अंक जोडेर पहिलो स्थानमा छ । अब अर्जेन्टिनाको अर्को खेला आगामी शनिबार उरुग्वेसँग हुनेछ ।