NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कर्णाली प्रदेशले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै ३६ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । जसमा पूँजीगत खर्च तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार (५९ प्रतिशत), चालु तर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार (३१ प्रतिशत) र वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार (१० प्रतिशत) बजेट आर्थिक मामिला मन्त्री गोपाल शर्माले प्रस्तुत गरेका छन् । बजेटमा मुख्य गरी स्वास्थ्य, कृषि र रोजगारी अनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष