NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गोकुल बास्कोटा भन्छन्–एमाले ध्वस्त गर्न प्रचण्ड र देउवाले कोटेश्वरको डिलमा युरिया हालेछन्

काठमाडौं । हरेक राजनीतिक घटनाक्रममा सामाजिक संजालमा टिप्पणी गर्ने एमाले नेता गोकुल बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास गएको विषयमा रमाइलो टिप्पणी गरेका छन् । देउवा र प्रचण्डले एमाले ध्वस्त गर्न कोटेश्वरको डिलमा युरिया हालेको भन्दै पोटास र फस्पोरस थियो की थिएन भन्ने प्रश्न उठाएका हुन् । उनीहरुको युरियाले सप्रिने वा थप पहेलिने आफूले हेर्ने पनि उनले बताएका छन् । ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ?’ बास्काेटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । याे पनि पढ्नुस् देउवा र प्रचण्ड किन गए माधव नेपालको निवास ?