NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

खतराको घण्टी पार गरेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

काठमाडौं । गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले बताए । ब्यारेज जीर्ण भएका कारण ४ लाख कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बी ग्याब बाँध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले जानकारी दिए । पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । पानीको सतहसँगै जोखिम बढेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । यसैबीच गण्डक ब्यारेज र अन्य खोला कारण डुबान हुन थालेपछि स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।