NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

झलनाथ खनाललाई के भएको हो ?

काठमाडौं । निरन्तर ज्वरो आउन थालेपछि नेता खनाल तीन दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही महिनाअघि नेता खनाल कोभिड–१९ सक्रमणमुक्त भएका थिए। उनको अन्य चेकजाँच पनि गर्नुपर्ने भएको र त्यसको रिपोर्ट ढिलो आउने भएपछि भारतमा उपचार गर्नुनै उपयुक्त ठानिएको थियो। बुधबार नै भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचारका भर्ना गरिएको छ। लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि तीन दिन अघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो। उपचारमा संलग्न चिकित्सहरूकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो। उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत ‘इन्फेक्सन’ देखिएको थियो। अस्पतालका अनुसार उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो। दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो। नेता खनालको निरन्तर खोकी र शरीर शिथिल भएको अस्पतालले जनाएको छ। चिकित्सकहरूले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्। नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन्। डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो। नागरिकमा खबर छ ।