NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बाढीपहिराेले स्थानीयकाे उठिबास हुँदा पूर्वराजा शाह दु:खी, भन्छन्- अवस्था विकराल नबनाेस्

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा मनसुनकाे प्रारम्भमै बाढीपहिरोबाट भएकाे धनजनको क्षतिले आफूलाई दुखी तुल्याएको बताएका छन्। शाहले बिहीबार एक वक्तव्य जारी गर्दै हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय धनजन तथा भाैतिक निर्माणमा क्षति भएकाे एवं ग्रामीण तथा सहरी वस्तीका वासिन्दाकाे उठिबास भएको दु:खद खबर सुन्दा,देख्दा दुखित तुल्याएकोु बताएका हुन्। ‘मनसुन प्रारम्भ मात्र भएकाे याे समयमा नै यति धेरै क्षति हुन पुग्याे भने तीव्र वर्षात आउने समयमा अझ के के हुने हाे ? यस्ताे बेलमा सबै मिलेर महामारी र विपत्तीकाे न्यूनीकरण गर्न तर्फ जिम्मेजार बन्नु पर्छ’ उनले भनेका छन्। उनले क्षति नहोस् भनेर लोककल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा हुनुपर्ने पनि बताएका छन्।