NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रेमिट्यान्सको १२ वर्षे इतिहास : ८ हजार १ सय ४९ नेपालीको मृत्युसँग साटियो ६१ खर्ब ५ अर्ब रुपैयाँ

१२ बर्षमा देशले ६१ खर्ब ५ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्र्यायो । रेमिट्यान्सलाई मात्र हेर्दा यो अङ्क राष्ट्रिय पुँजीनिर्माणको सकारात्मक पाटो हो । तर बितेको यो १२ बर्षमा ६१ खर्ब ५ अर्ब रेमिट्यान्स भित्र्याउन ८ हजार १ सय ४९ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । यस्तै एक हजार १ सय ७७ जना अंगभंग भएका छन् । अर्थात राज्यको रेमिट्यान्समुखी अर्थतन्त्र जोगाउन १२ बर्षमा ८ हजार नेपालीले विदेशी भूमिमा ज्यान गुमाउनु पर्यो । रेमिट्यान्ससँग नागरिकको मृत्यु सट्टापट्टा भएको यो दर्दनाक तथ्यांक वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको हो । सचिवालयका अनुसार आर्थिक वर्ष २०६५०६६ देखि आव २०७६०७७ सम्म वैदेशिक रोजगारीमा गएकामध्ये ८ हजार १ सय ४९ जनाको ज्यान गएको छ । सोही अवधीमा देशमा ६१ खर्ब ५ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले एक दशकको स्मारिका सार्वजनिक गरेको थियो । सो तथ्यांक अनुसार २०६५०६६ देखि २०७४÷०७५ सम्म रेमिट्यान्स भित्र्याउन विदेशीने नेपालीको संख्या ३८ लाख ९८ हजार ४ सय ७९ छ । यो अवधिमा मात्र विदेश गएकामध्ये ६ हजार ७ सय ९ जनाले ज्यान गुमाएका थिए । यसै अवधिमा वैदेशिक रोगजारीमा गएर अंगभंग हुनेको संख्या १ हजार १७७ रहेको छ । बोर्डका अनुसार आर्थिक बर्ष २०७५०७६ मा ७ खर्ब ५५ अर्ब र आ.ब.२०७६०७७ मा ७ खर्ब ६९ अर्ब बराबरको रेमिट्यान्स भित्रिएको थियो । यी दुई आर्थिक बर्षमा बैदेशिक रोजगारीमा गएकामध्ये एक हजार ४ सय ४० जनाले विदेशी भूमिमै ज्यान गुमाएका थिए । वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढ्दो आर्थिक बर्ष २०५००५१ मा श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जानेको संख्या ३ हजार ६ सय ५ जना थियो । त्यसमध्ये अधिकाशं खाडी मुलुक गएको तथ्यांकले देखाउँछ । उनीहरुमध्ये कतारमा ३ सय ९१ जना, साउदी अरबमा २ हजार २९० जना, युएईमा १३२ जना, कुवेतमा ३ सय ६१ जना, बहराईनमा ९१ जना र ओमनमा ४३ जना बैदेशिक रोजगारीका लागि गएका थिए । यो संख्या नेपालमा श्रम स्वीकृती लिएर जानेहरुको हो । १५ वर्षपछि आर्थिक बर्ष ०६५०६६ मा वैदेशिक रोजगारीमा जानेको संख्या आ.ब. २०५००५१ को तुलनामा करिब ६१ प्रतिशतले बढेको देखिन्छ । वैदेशिक रोगजारीमा जानेको संख्या १२ वर्षअघि २०६५०६६ यता निरन्तर आव ०७१०७२ सम्म उकालो लागिरहेको थियो । त्यसयताका वर्षहरुमा भने यो संख्या केही घटेको देखिन्छ । वैदेशिक रोजगारीमा जानेको संख्यासँगै स्वदेश फर्किन नपाउँदै मृत्यु हुनेको संख्यामा पनि फरक आएको छ । आव २०६५०६६ मा २ लाख १९ हजार ९ सय ६५ जना वैदेशिक रोजगारीमा विभिन्न देश जाँदा विदेशमै मृत्यु हुनेको संख्या ७७ थियो भने अंगभंग हुनेको संख्या ८ जना थियो ।तर, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्यामा तुलनात्मक रुपमा कमी आएपनि मृत्यु हुनेको संख्या भने थपिएको छ । गत आ.व.मा रोजगारीका लागि विदेशिनेको संख्या १ लाख ९ हजार ४५३ रहँदा मृत्यु हुनेको संख्या भने ६ सय ५२ रहेको छ । आव २०६५०६६ यता वार्षिक विवरण हेर्दा २०६६०६७ मा ४ सय १९ जना, आव ०६७०६८ मा ५ सय ६६ जना, आव ०६८०६९ मा ६ सय ४८ जना, आव ०६९०७० मा ७ सय २२ जना, आव ०७००७१ मा ८ सय ७७ जना, आव ०७१०७२ मा एक हजार ६ जना, आव ०७२०७३ मा ८१६ जना, आव ०७३०७४ मा ७ सय ५६ जना, आव ०७४०७५ मा ८२२ जना, ०७५०७६ मा ७८८ जना र आव ०७६०७७ मा ६ सय ५२ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाए । ज्यान गुमाउनेहरुमा खाडी मुलुक जाने धेरै वैदेशिक रोजगारीका लागि जानेको संख्या जस्तै ज्यान गुमाउनेको संख्या पनि खाडी मुलुकमा नै धेरै रहेको बोर्डको तथ्यांकले देखाउँछ ।वैदेशिक रोजगार बोर्डको स्थापनाकाल यता असोज २०७५ सम्म सबैभन्दा धेरै मलेसियामा नेपालीहरुले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये असोज २०७५ सम्म २ हजार ४ सय ९६ जनाको मलेसियामा ज्यान गएको थियो । त्यस्तै, कतारमा १ हजार २ सय ६७ जनाले ज्यान गुमाए । उक्त अवधिमा साउदी अरेबियामा १ हजार ९ सय २ जना नेपालीको ज्यान गयो । पछिल्लो दुई बर्ष अर्थात् आर्थिक बर्ष २०७५०७६ र आ.ब. २०७६०७७ मा मलेसियामा ५ सय ७१ जनाले ज्यान गुमाए । कतारमा २ सय ४५ जनाले ज्यान गुमाए । साउदी अरेबियामा ३९० जनाले ज्यान गुमाएका थिए । यस्तै संयुक्त अरब इमिरेट्समा ५ सय ४४ जना, कुवेतमा २ सय २१ जना, दक्षिण कोरियामा १०३ जना र बहराइनमा ८९ जनाको ज्यान गएको सचिवालयको तथ्यांकले देखाएको छ । वैदेशिक आम्दानीको जिडिपी अनुपात बढ्दो विभागको १० वर्षे तथ्यांकका अनुसार जिडिपीमा वैदेशिक आम्दानीको प्रभाव बढिरहेको छ । आ.व २०६५०६६ मा २१.२ रहेको जिडिपी अनुपात आ.व ०७३०७४ मा २६.९ पुगेको थियो । त्यस्तै, देशमा भइरहेको विप्रेषण आप्रवाहको (देश भित्रिएको रेमिट्यान्स) स्थिति हेर्ने हो भने वर्षेनी यसमा पनि वृद्धि भइरहेको छ । आ.व २०६५०६६ मा २ खर्ब ९ अर्ब ९० करोड रहेको विप्रेषण आप्रवाह आ.व २०७४०७५ मा ४ खर्ब ७१ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो । आ.व २०७१०७२ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएर अर्थात ६ खर्ब १७ अर्ब ३० करोड रुपैयाँ बराबर रेमिट्यान्स देशमा भित्रिएको थियो । पछिल्लो पाँच वर्षको तथ्यांकमा हरेक बर्ष देश भित्रिने रेमिट्यान्सको आकारमा वृद्धि भएको छ । आ.ब. २०७२०७३ मा ६ खर्ब ६५ अर्ब, आ.व ०७३०७४ मा ६ खर्ब ९५ अर्ब, आ.व ०७४०७५ मा ४ खर्ब ७१ अर्ब ९० करोड, आ.व २०७५०७६ मा ७ खर्ब ५५ अर्ब र आव २०७६०७७ मा ८ खर्ब ७१ अर्ब बराबरको रेमिट्यान्स देश भित्रिएको छ । चालु आ.व नसिकिएकाले यो वर्ष कति रेमिट्यान्स भित्रिन्छ भन्ने विवरण आउन बाँकी छ । तर अघिल्ला वर्षको तुलनामा यसवर्ष पनि रेमिट्यान्स बढ्ने बोर्डको अनुमान छ ।