NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जबरजस्ती करणीपछि १० वर्षीया छोरीलाई झुण्याएर मारेको आरोपमा पक्राउ

कैलाली । जबरजस्ती करणी गरी छोरीको हत्या गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । गत २७ जेठमा आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानबाट खुलेको विष्टले बताए । मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।